होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रोनाल्डो भर्सेस मेसी, को उत्कृष्ट ? यस्तो छ तथ्याङ्क
खेलकुद

रोनाल्डो भर्सेस मेसी, को उत्कृष्ट ? यस्तो छ तथ्याङ्क

  • नागरिक रैबार
रोनाल्डो भर्सेस मेसी, को उत्कृष्ट ? यस्तो छ तथ्याङ्क

२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ ।

यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ ।

क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ अफ टाइट’ (गोट) हुन् ? डिएगो म्याराडोना कि पेले भन्ने बहसपछि फुटबलमा यो सबैभन्दा ठूलो बहस बनेको छ ।

विज्ञापन

पछिल्लो दशकमा फुटबल समर्थकहरुको दिमागमा पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेसीमध्ये को उत्कृष्ट भन्ने प्रश्न चलिरहेको छ । क्लब र देशका लागि गरेको प्रर्शन यस विषयमा निर्णायक हुनेछ । यस्तै व्यक्तिगतले पनि खेलाडी कस्तो भनेर देखाउँछ ।

रोनाल्डो भर्सेस मेसी : क्लब गोल

रोनाल्डोसिजनमेसी
२००२-०३
२००३-०४
२००४-०५
१२२००५-०६
२३२००६-०७१७
४२२००६-०८१६
२६२००८-०९३८
३३२००९-१०४७
५३२०१०-११५३
६०२०११-१२७३
५५२०१२-१३६०
५१२०१३-१४४१
६१२०१४-१५५८
५१२०१५-१६४१
४२२०१६-१७५४
४४२०१७-१८४५
२८२०१८-१९५१
३७२०१९-२०३१
३६२०२०-२१३८
६७४जम्मा६७२

क्लब स्तरमा मेसीले भन्दा रोनाल्डोले बढी गोल गरेका छन् । तर युभेन्ट्स स्टार रोनाल्डोले मेसी भन्दा दुई सिजन बढी फुटबल खेलेका छन् ।

दुवै खेलाडीले क्लबमा ६७० गोल भन्दा बढी गरिसकेका छन् । दुवैले २००९-१० देखि २०१४-१५ सम्म राम्रो प्रदर्शन गरे ।

समग्रमा रोनाल्डोको गोल बढी भएपनि स्कोरिङमा मेसीको औसत बढी छ । मेसीले २०११-१२ मा ७३ गोल गरेका थिए । रोनाल्डोले एकै सिजनमा ६१ गोलसम्म गरेका छन् । रोनाल्डोले ६ सिजन ५० गोल पूरा गरेका थिए ।

रोनाल्डो भर्सेस मेसी : क्लब असिस्ट

रोनाल्डोसिजनमेसी
२००९-१०११
१६२०१०-११२१
१५२०११-१२२९
१२२०१२-१३१४
१४२०१३-१४११
२१२०१४-१५२७
१५२०१५-१६२३
११२०१६-१७१६
२०१७-१८१८
१०२०१८-१९१९
२०१९-२०२५
२०२०-२११२
१३९जम्मा२२६

असिस्टको कुरा गर्दा मेसी रोनाल्डो भन्दा धेरै अघि छन् । तथ्याङ्कले पनि देखाउँछ कि मेसीले गोलका लागि बढी अवसर बनाएका छन् । मेसीले कूल २२६ गोलका लागि असिस्ट गर्दा रोनाल्डोले १३९ असिस्ट गरेका छन् ।

रोनाल्डो भर्सेस मेसी : च्याम्पियन्स लिग तथ्याङ्क

 

रोनाल्डोच्याम्पियन्स लिग तथ्याङ्कमेसी
१७६खेल१४९
१३४गोल१२०
०.७६गोल पर गेम०.८१

रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुन् भने मेसी दोस्रो स्थानमा छन् । रोनाल्डोले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

च्याम्पियन्स लिग गोलमा रोनाल्डो १४ गोलले अघि छन् तर मेसीले थोरै खेल खेलेका छन् । गोल अनुपातमा पनि मेसी अघि छन् ।

रोनाल्डो भर्सेस मेसी : विश्वकप तथ्याङ्क

रोनाल्डोविश्वकप तथ्याङ्कमेसी
१७खेल१९
गोल
०.४गोल पर गेम०.३

विश्वकप फुटबलमा भने यी दुबै खेलाडीले आशा गरेअनुसार प्रदर्शन गर्न सकेका छैनन् । दुवैले अहिलेसम्म विश्वकप उपाधि जितेका छैनन् ।

पोर्चुगलका स्टार रोनाल्डोले विश्वकपमा मेसी भन्दा एक गोल बढी गरेका छन् । रोनाल्डोले १७ खेलमा ७ गोल गर्दा मेसीले १९ खेलमा ६ गोल गरेका छन् ।

तर मेसीको देश अर्जेन्टिना सन् २०१४ को विश्वकप फाइनल पुगेका थिए । तर फाइनलमा जर्मनीसंग पराजित हुँदै उपविजेतामा सीमित भयो ।

रोनाल्डोको देश पोर्चुगल भने सन् २००६ मा विश्वकपको सेमिफाइनलसम्म पुगेका थिए । जहाँ फ्रान्संग पराजित हुँदा तेस्रो स्थानको लागि भएको खेलमा जर्मनीसंग पराजित भएको थियो ।

रोनाल्डो भर्सेस मेसी : अन्तर्राष्ट्रिय तथ्याङ्क

रोनाल्डोतथ्याङ्कमेसी
१७९अन्तर्राष्ट्रिय खेल१५१
१०९अन्तर्राष्ट्रिय गोल७६
०.६गोल पर गेम०.५

अन्तर्राष्ट्रिय स्तरमा दुवैको उस्तै कीर्तिमान छ । तर रोनाल्डोले संख्यामा भने बढी गोल गरेका छन् । रोनाल्डोले मेसी भन्दा दुई वर्षअघि पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

रोनाल्डोले केही दिनअघि सकिएको युरो २०२० मा ५ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका थिए ।

कुल अन्तर्राष्ट्रिय गोलमा रोनाल्डो भन्दा मेसी ३३ गोलले पछि छन् ।

दुवै खेलाडी आफ्नो देशका सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले १०९ गोल गर्दा मेसीले ७६ गोल गरेका छन् ।

रोनाल्डो भर्सेस मेसी : उपाधि

रोनाल्डोप्रतियोगितामेसी
विश्वकप
युरो/कोपा
ओलम्पिक
लिग उपाधि१०
च्याम्पियन्स लिग
क्लब विश्वकप
नेशनल कप*
२१कुल२६

*राष्ट्रिय कप भन्नाले देशको राष्ट्रिय कपहरु जस्तै एफए कप कोपा डेल रे हुन् ।

मेसी र रोनाल्डोले ट्रफी उत्तिकै जितेका छन् । लिग उपाधिको कुरा गर्दा मेसी अघि छन् । मेसीले १० पटक ला लिगा उपाधि जितेका छन् । रोनाल्डोले ७ लिग जितेका छन् । तर रोनाल्डोले तीन फरक देशमा लिग जितेका छन् । जसले रोनाल्डोले उत्कृष्ट देखाउँछ ।

यस्तै च्याम्पियन लिगमा रोनाल्डो अघि छन् । रोनाल्डोले ५ च्याम्पियन्स लिग जित्दा मेसीले ४ च्याम्पियन्स लिग जितेका छन् ।

मेसीले राष्ट्रिय टिमका लागि चार फाइनल खेल्दा समेत उपाधि जित्न सकेका थिएनन् । तर यस पटक कोपा अमेरिकाको उपाधि जित्न सफल भए । दुवैले विश्वकप जित्न सकेका छैनन् ।

मेसीले एक पटक ओलम्पिक स्वर्ण पदक जितेका छन् ।

रोनाल्डो भर्सेस मेसी : व्यक्तिगत

रोनाल्डोप्रतियोगितामेसी
बालोन डे’ओर
दी बेस्ट फिफा अवार्ड
युरोपियन गोल्डेन बुट
विश्वकप गोल्डेन बल
युइएफए प्लेअफ अफ दि इअर
१४फिफप्रो विश्व १११४
प्लेअफ अफ दि इअर (लिग)

रोनाल्डो र मेसीबीचको व्यक्तिगत प्रतिस्पर्धा भने गज्जबको छ । यसैले आधुनिक फुटबलमा पछिल्लो दशक र अझ बढी निर्णायक बनिरहेको छ ।

बालोन डे’ओरमा मेसी रोनाल्डो भन्दा अघि छन् । मेसीले ६ बालोन डे ओर जित्दा रोनाल्डोले ५ पटक जितेका छन् ।दी फिफा बेस्ट अवार्ड भने रोनाल्डोले दुई पटक जित्दा मेसीले १ पटक जितेका छन् ।

यस्तै युइएफए प्लेअर अफ दि इअरमा पनि रोनाल्डो अघि छन् । रोनाल्डोले ४ अवार्ड जित्दा मेसीले ३ पटक जितेका छन् ।तर लिगमा भने मेसीले रोनाल्डोले भन्दा २ पटक बढी अवार्ड जितेका छन् । मेसीले ६ र रोनाल्डोले ४ लिग अवार्ड जितेका छन् । तर रोनाल्डोले यो अवार्ड पनि तीनवटै देशमा जितेका छन् ।

युरोपियन गोल्डेन बुट अवार्डमा मेसी अघि छन् । मेसीले ६ पटक युरोपियन गोलडेन बुट जित्दा रोनाल्डोले ४ पटक जितेका छन् । फिफ प्रो मा भने दुवै १४ पटक समावेश भएका छन् ।

मेसीले विश्वकपमा पनि एक पटक गोल्डेन बल अवार्ड जितेका छन् ।

गोल डट कमको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै