होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री देउवाविरुद्ध ओली र ठाकुर एउटै कित्तामा, ठाकुर पक्षको बैठक बस्दै
राजनीति

प्रधानमन्त्री देउवाविरुद्ध ओली र ठाकुर एउटै कित्तामा, ठाकुर पक्षको बैठक बस्दै

  • नागरिक रैबार
प्रधानमन्त्री देउवाविरुद्ध ओली र ठाकुर एउटै कित्तामा, ठाकुर पक्षको बैठक बस्दै

काठमाडौं, २ साउन । नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर समूह एउटै कित्तामा उभिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछिको परिवर्तित राजनीतिक अवस्थामा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सहकार्य हुने भएको हो । यसअघि जसपाको ठाकुर पक्ष ओली सरकारमा सहभागी समेत भएको थियो ।

तर, सर्वोच्च अदालतले मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरिदिएकोले जसपा सरकारबाट बाहिरिनुपरेको थियो । देउवा प्रधानमन्त्री भएलगत्तै सबैलाई समेटेर अघि बढ्ने बताएका थिए । तर, परिस्थिति उनले भनेअनुसार छैन् । एमालेले हिजै स्थायी कमिटी र संसदीय दलको बेग्लाबेग्लै बैठक राखेर देउवा सरकारको विपक्षमा उभिने बताईसकेको छ । एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत पनि नदिने निर्णय गरिसकेको छ ।

उता, जसपाको ठाकुर पक्ष पनि देउवा सरकारको विपक्षमा उभिने भएको छ । आज उक्त समूहको कार्यकारिणी समिति र संसदीय दलको बैठक बस्दैछ । ती बैठकले यसबारेमा निर्णय गर्ने एक नेताले जानकारी दिए । ठाकुर पक्ष देउवाप्रति अनुदार बन्दै आएको छ। बरु, निवर्तमान प्रधानमन्त्री ओलीले आफुहरुका माग पूरा गर्नको लागि आवश्यक कदम चालेको भन्दै ओलीकै कित्तामा उभिने ठाकुरको निश्कर्ष छ । यसअघि ठाकुरनिकट नेता लक्ष्मणलाल कर्णले पनि देउवालाई विश्वासको मत नदिने घोषणाा गरिसकेका छन् । उनले देउवालाई विश्वासको मत दिनको लागि ‘के हामी बौलाएका छौं र ?’ भन्ने टिप्पणी गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार