होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • तपाईं ‘नेट पेसेन्ट’ त बनिरहनुभएको छैन ?
स्वास्थ्य-जीवनशैली

तपाईं ‘नेट पेसेन्ट’ त बनिरहनुभएको छैन ?

  • नागरिक रैबार
तपाईं ‘नेट पेसेन्ट’ त बनिरहनुभएको छैन ?

अहिले धेरैजसो व्यक्तिहरु इन्टरनेटबाटै आफ्नो लक्षण अनुसार रोगको अड्कबाजी गर्छन् र उपचारका लागि अस्पताल पुग्ने गर्छन् । उनीहरु चिकित्सकको परामर्शमा भन्दा पनि इन्टरनेटमा आफुले फेला पारेको तथ्यमा बढी विश्वास गर्छन् ।

उक्त रिपोर्टमा एक चिकित्सकले भनेका छन्, ‘कतिपय व्यक्ति मलाई क्यान्सर भयो भन्दै आउँछन् । जबकी चिकित्सकसमेत क्यान्सर शब्दको प्रयोग त्यसबेलासम्म गर्दैनन्, जबसम्म उक्त कुरामा पूर्ण आश्वस्त हुँदैनन् ।’

 

विज्ञापन

अहिले हरेक मानिस कुनैपनि औषधीको प्रभाव र प्रयोगबारे पनि इन्टरनेटको साहारा लिन्छन् । पेशाले जुनसुकै क्षेत्रमा भएपनि उनीहरु आफुलाई चिकित्सकभन्दा कम आँक्दैनन् ।

चिकित्सकले भनेका छन्, ‘एक पटक मेरा विरामी आफन्तले फोन गरेर रिसाएर सोधे कि, यो औषधी किन लेखेको ? उनी वल्र्ड बैंकमा काम गर्थे । उनले भने कि, इन्टरनेटमा त यो एन्टी डिप्रेसन औषधी भनेर लेखेका छन् । म डिप्रेसनको रोगी होइन । मैलें सम्झाएँ, यो औषधी केवल एन्टी डिप्रेसनको मात्र काम गर्ने होइन यसको अरुपनि काम छ । तर, इन्टरनेटमा पढेर यसबारे सबै कुरा जान्न सकिदैन ।’

यदि तपाईं इन्टरनेटमा ‘सिम्टम्पस अफ ब्रेन ट्युमर’ सर्च गर्नुहुन्छ भने त्यसले टाउको दुखाई, वान्ता, वेहोसी र निद्रा जस्तो लक्षण बताइदिन्छ । यसमा कतिपय लक्षण अर्को रोगसँग पनि मिल्दोजुल्दो हुन्छ । यसैगरी टाउको दुखाईबारे सर्च गरियो भने अनेकन आर्टिकल प्राप्त हुन्छ, टाउको दुखाईसँग सम्बन्धित के के रोग हुन्छ । यसले रोगीलाई थप भ्रमित बनाउँछ ।

एक मनोचिकित्सक भन्छन्, ‘कुनै व्यक्तिले आफ्नो लक्षण अनुसार गुगलमा सर्च गर्छन्, उनको लक्षण अनुसार मिल्ने अर्को रोग फेला पर्छ । इन्टरनेटमा सामान्यदेखि गंभिर किसिमको रोगको लक्षण दिइएको हुन्छ । मानिसहरु आफ्नो लक्षण गंभिर रोगसँग मिलेकोमा भयभित रहन्छन् ।’

यसले उनीहरुको मानसिकतामा नकारात्मक भावना बढी आउँछ । कतिपय रोगी आफुले सेवन गरिरहेको औषधीबारे इन्टरनेटमा जानकारी लिन्छन् र त्यसको दुष्प्रभावबारे पढेर औषधी सेवन नै छाडिदिन्छन् । साथै अनावश्यक परीक्षणमा पैसा खर्च गर्छन् । एकातिर उनीहरु मानसिक रुपले पनि सताइन्छ र अर्कोतिर उपचारको खोजीले समय र पैसा बर्बाद हुन्छ ।

हिन्दी फिल्म थ्रि इडियट्समा भिडियो हेरेर प्रसुती गराइएको दृश्य छ । यस किसिमको अभ्यास पनि आफैमा पूर्ण हुँदैन । अहिले भिडियो हेरेर कतिले उपचार विधी अपनाउने गर्छन्, जसले राम्रो नतिजा दिदैन ।

चिकित्सकहरु भन्छन्, भिडियो हेरेर सर्जरी गर्नु एकदमै आपत्तिजनक हो । शल्यक्रियामा धेरै पटक सहभागी भएका चिकित्सकसमेत शल्यक्रिया गर्नुअघि निकै सचेत र सर्तक हुने गर्छन् । किनभने यो सामान्य काम होइन ।

इन्टरनेटमा दिइएको कुनैपनि जानकारी व्यवहारिक जीवनमा अनुसरण गर्दा त्यसको संवेदनशिलताको ख्याल गर्नुपर्छ ।

अब प्रश्न उठ्छ, के इन्टरनेटमा रोगको उपचार खोज्नु गलत हो ? के यस्तो काम गर्नु हुँदैन ?

इन्टरनेटमा उपलब्ध जानकारी पाएर त्यस अनुरुप कुनैपनि उपचार खोज्नु, औषधी सेवन गर्नु उपयुक्त हुँदैन । किनभने चिकित्सकले बर्षौं बर्ष लगाएर उक्त विषयमा अध्ययन गरेका हुन्छन् । जानकारी हासिल गरेका हुन्छन् । अनुभव लिएका हुन्छन् । त्यसैले इन्टरनेटभन्दा चिकित्सक नै भरपर्दो स्रोत हुन् ।

चिकित्सकहरु के भन्छन् भने, यसरी इन्टरनेटमा उपचार खोज्नेलाई ‘नेट पेसेन्ट’ वा ‘गुगल डाक्टर’ हुन् ।

इन्टरनेटमा भर पर्नै नहुने होइन । तर, संवेदनशिल विषयमा इन्टरनेटको भर पर्नु हुँदैन । सामान्य जानकारी हासिल गर्न सकिएपनि त्यसमै आधारित रहेर औषधी सेवन गर्ने, उपचार गर्ने गल्ती गर्नुहुँदैन । साथै आफ्नो लक्षण अनुसार रोग फेला पार्न पनि इन्टरनेटको साहारा लिनु उपयुक्त हुँदैन । यसले अनावश्यक मानसिक तनाव दिनसक्छ ।

बिबिसीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै