राष्ट्रपती भण्डारी प्रधानमन्त्री ओली गुटको मतियार बनेको काँग्रेसको निष्कर्ष
समाचार
राष्ट्रपती भण्डारी प्रधानमन्त्री ओली गुटको मतियार बनेको काँग्रेसको निष्कर्ष
नागरिक रैबार
आइतवार, माघ ४, २०७७
अ
अ
अ
रामबहादुर विक
बाजुरा। नेपाल महिला संघकी केन्द्रिय सदस्य एवम् महासमिती सदस्य जुना दानीले राष्ट्रपती विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली गुटको मतियार बनेको आरोप लगाउनु भएको छ ।
प्रतिनिधि सभाको असवैधानिक सँसद् विघटनको विरुद्धमा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा आयोजित विरोध सभामा बोल्दै नेतृ दानीले यस्तो बताउनु भएको हो । उहाँले देशको राष्ट्रपती त बन्न सक्नु भएन तर नेकपाको राष्टपती बन्नु पथ्र्या तर नेकपाको पनी राष्ट्रपती बन्न नसकी केवल प्रधानमन्त्री ओली गुटको मतियार बन्नु भएको दानीले आरोप लगानु भएको छ ।
महिला नेतृ समेत रहेकी दानीले प्रधानमन्त्री ओली र राष्टपती भन्डारी यो देशको राष्टबादी भएको बताउदै राष्टपती र प्रधानमन्त्री ओलीले पुर्व राष्टपती रामबरण यादव कहाँ टिउसन पढ्न जानुपर्ने चेताउनी बताउनु भयो ।
त्यस्तै सोही कार्यक्रमको कोण सभामा बोल्दै बडिमालिका नगरपालिकाका नगरप्रमुख एवम् नेपाली काग्रेसका जिल्ला कार्यसमिती सदस्य समेत रहेका पदम बडुवालले भष्टाचारीको मुख हेर्दैन भन्ने प्रधानमन्त्री ज्युले ७० करोडको अडियो बाहिर आएर पनी त्यसलाई गुपचुपमा लुकाएको बताउनु भएको छ । नगरप्रमुख बडुवाले फरक प्रसंगमा बोल्दै चार जना प्रधानमन्त्री भएर संविधान बनाउन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संघियता बयालगडा भन्नुको औचिच्य नरहेको आरोप लगाउनु भयो ।
त्यस्तै नगरउपप्रमुख कविता विष्टले अहिले प्रधानमन्त्री ओली र राष्टपती विद्यादेवी भन्डारीले गर्दा देशलाई कग्गाल बनाएको बताउनु भएको छ । उहाँले देशभरीका महिलाहरुको प्रतिनिधित्व गर्नु भएका राष्ट्रपतीलाई यो भन्दा पहिला त सम्मान गथ्र्यौ तर अव सम्मान गर्नु औचित्य नरहेको दुखेसो पोख्नु भएको छ । अहिलेको दुईतिहाईको सरकार भष्टाचारमा लिप्त रहेको बताउदै बत्कारी सरकार र हिंसात्मक सरकार भन्दा केही फरक नपर्ने उहाँको भनाई रहको छ ।
त्यस्तै नेपाल दलित संघ केन्द्रिय सदस्य विर बहादुर विकले नेपाली जनताले मत दिएर जिताएको दुईतिहाइको सरकारले दलित आयोग , महिला आयोग लगाएतका आयोगहरुको पदपुर्ती गर्न नसकी भित्रभित्रै दबाई रहेको बताउनु भएको छ । नेपाली जनताले सबृद्ध नेपाल सुखी नेपाली बनास् भनेर पठाएका प्रधानमन्त्री केपी शर्मा ओली पाँच बर्ष टिंक्न नसकी ढाई बर्षमै संसद विघटन गरी नेपाली जनतालाई दुख्ख दिन खोजेको केन्द्रिय सदस्य विकले आरोप लगाउनु भएको छ ।
त्यसै गरी सोही कोण सभामा बाल्दै नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष सुरेन्द्र सिंह , वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावल र नेपाल महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंहले सरकारको असवैधानिक कु का विरुद्ध खनिदै सम्वोधन गर्नु भएको थियो । नगरसभापती धनलाल पाध्यायको अध्यक्षतामा संचालन भएको कोण सभाका प्रमुख अथिती नेपाली महिला संघ केन्द्रिय सदस्य जुना दानी रहनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल , नगरउप्रमुख कविता विष्ट , नेपाल दलित संघ केन्द्रिय सदस्य विर बहादुर विक , नेपाल महिलासंघ बाजुरा अध्यक्ष अमृता सिंह , बडिमालिका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवम् जिल्ला कार्यसमिती सदस्य प्रकाश रावल , नेविसघका पुर्व अध्यक्ष सुरेन्द्र सिंह लगाएत अथिती रहनु भएको थियो । त्यस्तै कार्यक्रममा ९ ओटै वडा का वडा अध्यक्ष , वडा सदस्य कार्यपालिका सदस्य समेतको सहभागिता रहेको थियो । विरोध प्रदशन कार्यक्रमको संचालन भने नेपाल विद्यार्थी संघका उपाध्यक्ष जनक थापाले गर्नु भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु