होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका अर्थमन्त्रीको नियुक्ति र सपथ भोलि
समाचार

सुदूरपश्चिमका अर्थमन्त्रीको नियुक्ति र सपथ भोलि

  • नागरिक रैबार
सुदूरपश्चिमका अर्थमन्त्रीको नियुक्ति र सपथ भोलि

धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् भोलि विस्तार हुने भएको छ। रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण भोलि हुने भएको हो। त्यसको पुष्टि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले गरे। उनले भोलिका लागि सपथ ग्रहणको कार्यक्रम तय भएको बताए।

मुख्यमन्त्री त्रिलोचन भट्ट आज डोटी भएकाले भोलिका लागि सपथ ग्रहण तय गरिएको हो। भोलि मुख्यमन्त्री भट्टले मन्त्री नियुक्त गर्ने र प्रदेश प्रमुखले सपथ ग्रहरण गराउने कार्यक्रम छ। समाचार स्रोतका अनुसार एकीकृत समाजवादीले पाउने उक्त मन्त्री पदका लागि नाम टुंगो लगाइएको छ। ‘अर्थमन्त्री कञ्चनपुरले पाउने पक्का हो, तारा लामा तामाङको सम्भावना बलियो छ, प्रकाश रावलको पनि नाम सुनिदै छ,’ एकीकृत समाजवादीका एक सांसदले भने।

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिएका थिए। उनीसंगै अर्थराज्य मन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी थिइन्।

विज्ञापन

माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी सहभागी छ। प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक/एक सांसद छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार