होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १९ घण्टादेखि टापुमा फसेका व्यक्तिको उद्धार
समाचार

१९ घण्टादेखि टापुमा फसेका व्यक्तिको उद्धार

  • नागरिक रैबार
१९ घण्टादेखि टापुमा फसेका व्यक्तिको उद्धार

काठमाडौं: १९ घण्टादेखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीले बुधबार बिहान उद्धार गरेको छ।

जिल्लाको लमही नगरपालिका-७ हसनापुर र राजपुर गाउँपालिका-२ बेलास्थित नदीको बीच टापुमा मंगलबार २ बजेबाट फसेकाहरूको उद्धार गरिएको हो।

टापुको दुबैतिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाइबस्तुसँगै अलपत्र परेका थिए।

विज्ञापन

उद्धार गरिएका व्यक्तिहरू लमही ७ बस्ने वर्ष ४८ का मन्सराम चौधरी, राजपुर २ बस्ने वर्ष ५० की साबित्री यादव, सोही ठाउँ बस्ने वर्ष २६ का राधेश्याम यादव र राजपुर ३ बस्ने वर्ष २५ का गणेश यादव रहेका छन्।

सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माकोको कमान्डमा गएको बिपद् व्यवस्थापन सहितको टोलिले ९ बजे चारै जनाको उद्धार गरि घर पठाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार