होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद विघटन ठीक हो/होइन भनेर सर्वोच्च अदालतले फैसला गर्छ : सुवास नेम्वाङ
समाचार

संसद विघटन ठीक हो/होइन भनेर सर्वोच्च अदालतले फैसला गर्छ : सुवास नेम्वाङ

  • नागरिक रैबार
संसद विघटन ठीक हो/होइन भनेर सर्वोच्च अदालतले फैसला गर्छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा (ओली समूह)का नेता सुवास नेम्वाङले संसद् विघटन सही हो कि होइन भनेर सर्वोच्च अदालतको फैसलाबाट टुंगो लाग्ने बताएका छन् । ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताए ।

संसद विघटनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका नेम्वाङले प्रधानमन्त्री ओलीले संसद् विघटनको मुद्दामा धारणा राख्न मिलेपनि आफू भने केही नबोल्ने बताए ।

‘प्रधानमन्त्रीले संसद् विघटन गरेको हो, उहाँ बोल्न सक्नुहुन्छ । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको हुनाले म बोल्दिनँ भनेको थिएँ । अहिले पनि त्यै भन्छु । प्रधानमन्त्रीले संसद् विघटनबारे आफ्ना कुरा भन्न सक्नुहुन्छ । भन्न पाउनुहुन्छ । तर ठीक हो होइन भनेर सर्वोच्च अदालतले फैसला गर्छ’, उनले भने ।

विज्ञापन

वैशाखमा घोषणा गरिएको निर्वाचन नहुने भन्ने भ्रम पैदा गरेर सर्वोच्च अदालतलाई दबाबमा पार्न खोजेको नेम्वाङले बताए । तर सरकारले घोषणा गरेको निर्वाचन समयमै हुने उनको दाबी छ ।

यस्तै प्रतिपक्षी काँग्रेसले निर्वाचनको तयारी गरिसकेको तर आफ्नो पार्टी भने पछाडि परेको नेम्वाङको भनाइ थियो ।

‘देश त निर्वाचनमा गइसकेको छ । प्रतिपक्षी निर्वाचनमा गइसकेको छ । प्रमुख प्रतिपक्षको कार्यक्रम विरोध आन्दोलन कार्यक्रम हेर्नुस् त । प्रतिपक्षले सरकारको कदमको विरोध गर्नु अचम्मको कुरा होइन । उहाँले त्यो कार्यक्रम राख्दा पहिले आमसभा राख्नुभयो । त्यसपछि गाउँ नगरमा राख्नुभयो । हाम्रा प्रतिपक्षी प्रतिस्पर्धीले त निर्वाचनका काम भ्याइसक्नुभयो तपाईं हामीले धेरै काम गर्न बाँकी छ’, उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार