काठमाडौं । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।
केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ ।
नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता गर्न र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरी अधिकृतलाई भनेका छन् । माइक नपाएपछि कानुन व्यवसायीहरुले अघिल्लो दिनमा जस्तो प्रदर्शनस्थलमा भाषण गरेका छैनन् । उनीहरु यथास्थानमा धर्नामा बसेका छन् ।
फेसबुक प्रतिक्रियाहरु