नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो ।
नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको हो ।एमालेको महाधिवेशनमा बाजुराबाट संगठीत सदस्यहरुको संख्याको आधारमा २० जना प्रतिनिधि छनोट भएको निर्वाचन अधिकृत अंगत महतले बताएका छन् ।
निर्वाचन अधिकृत महतका अनुसार बाजुराबाट एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा भाग लिनका लागि खुलाबाट ९ जनामा रंगमान शाही, अज बहादुर मल्ल, सहदेब बोगटि, काली बहादुर शाही, भरत बहादुर बुढा, भरत बहादुर थापा, जनक कुमार बोहरा, अम्मर बहादुर खडका, हरी बहादुर रोकाया, मनलाल खत्री, बल्देब रेग्मि छन् त्यस्तै दलित प्रतिनिधिबाट काँसी बिक, पदम नेपाली, र मोहन नेपाली रहेका छन् । त्यस्तै दलितमहिलाबाट राजकला सार्की र जनजातिबाट बसन्ति गुरुङ्ग छन् । बसुन्धरा रोकाया, मनदेबी ओली, ऐना गिरी र माया कुँवर महिलाबाट छनोट भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु