होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले विभाजन हुँदा देशमा डरलाग्दो स्थिति आउँन सक्छ : योगेश भट्टराई
राजनीति

एमाले विभाजन हुँदा देशमा डरलाग्दो स्थिति आउँन सक्छ : योगेश भट्टराई

  • नागरिक रैबार
एमाले विभाजन हुँदा देशमा डरलाग्दो स्थिति आउँन सक्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले एमाले एकताको विकल्प नभएको बताउनुभएको छ । विशेष कुराकानीमा उहाँले देशलाई विदेशी शक्तिको नियन्त्रणमा जान नदिन एमाले एकताको विपल्प नभएको बताउनुभएको हो । एमाले विभाजन हुँदा देशमा डरलाग्दो परिस्थिति आउँन सक्ने भन्दै उहाँले पार्टी एकताको विपल्प नभएको बताउनुभयो । तर त्यसको लागि शीर्ष नेताले अहंकार त्याग्नुपर्ने उहाँको जोड छ ।

नेता भट्टराइले एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गरे पार्टी एकता हुनसक्ने बताउनुभयो ।‘दश बुँदे सहमति कार्यान्वयन गर्नु नै एमाले एकताको मुख्य आधार हो’, उहाँले भन्नुभयो, ‘अगाडि दुर्घटना हुने पक्का छ भने फर्किनुको विकल्प हुँदैन । एक जना चालक पछाडि फर्कनै पर्छ ।’

संसद् जीवित भए भोलि फेरि एमालेकै नेतृत्वमा सरकार गठन हुने संभावना कायमै रहेको भन्दै उहाँले पार्टी एकता गराउन सबै कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन

शीर्ष नेताको आक्रोशपूर्ण अभिव्यक्तिले एमाले विभाजनतिर जान लागेको भन्दे नेता भट्टराईले वार्ता र संवाद गरेर उत्तेजना कम गर्नुपर्ने सुझाव दिनुभयो ।

सहमतिको लागि ‘१० बुँदेलाई टेक्ने, अगाडि बढ्ने, वार्तामा फर्किने, संवादमा फर्किने उत्तेजनाबाट ठन्डा दिमागले सोच्ने । बरु दुई चार दिन नेताहरु नबोल्ने । मौन ब्रत लिने । मेडिटेशन गर्ने’, उहाँले भन्नुभयो, ‘यत्ति गरे पार्टी एकता हुन कसैले रोक्न सक्दैन ।’

उहाँले पार्टी कार्यकर्ताले ओली र नेपाल गुट छाडेर देशब्यापी एमाले बचाउन लाग्यौं भन्ने स्थिति आउनसक्ने चेतावनी पनि दिनुभयो । ।

‘आज पनि हाम्रो नेता केपी ओली नै हो, माधव नेपाल नै हो । उहाँहरुलाई नेता मानेर नै यो पार्टी एकता गर्ने हाम्रो कोशिस हो,’ उहाँले थप्नुभयो, ‘तर नेता मान्दा मान्दै पनि आम कार्यकर्ताको भावना विपरित जाने हो भने कार्यकर्ताले उहाँहरुलाई नेता मानिरहँदैन । छोड्दिन सक्छ । गाडी अगाडि बढ्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार