होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कपाल मुण्डन गरेपछि केकीले भनिन्–‘एकछिन त रोएँ’
मनोरञ्जन

कपाल मुण्डन गरेपछि केकीले भनिन्–‘एकछिन त रोएँ’

  • नागरिक रैबार
कपाल मुण्डन गरेपछि केकीले भनिन्–‘एकछिन त रोएँ’

नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले  भनिन्–‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ ।’

केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताइन् । भनिन्–‘चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो ।’

 

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल पालेकी छिन् । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताइन् ।

उनले भनिन्–‘मलाई मानिसहरुले मेरो यो गेटअपलाई कसरी लिन्छन् भन्ने पनि हेर्नु थियो । गेटअप सार्वजनिक भएपछि कसैले मलाई विरामी हो कि भनेर सोचे, कसैले मानसिक रुपमा तनाव भएको हो कि भनेर सोचे । कसैले केटा जस्तो देखियो भनेर प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए । मानिसहरुको प्रतिक्रियाले मलाई झनै उत्साहित बनाएको छ ।’

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि यति चाडै कपाल किन मुण्डन गर्नुभयो त भन्ने प्रश्नमा केकीले भनिन्–‘हामीले चाडै नै फोटोसुट पनि गर्नुछ । यसैले पनि कपाल केही समय अगाडि नै काट्नुपर्यो ।’

केकी आफू सधै नै फरक–फरक भूमिका निर्वाह गर्न तयार रहेकाले पनि आफूले माया गरेको कपाल काट्न तयार भएको बताउँछिन् । केकीले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ । आफ्नो छायांकनको काम सकिएपछि कपाल मुण्डन गरेको केकीले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार