नागरिक रैबार
बाजुरा ३ फागुन
नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंण्डितले प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधि सभा विघटन गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका छन् ।
प्रतिनिधि सभा विघटनका विरूद्व साेमबार नेपाली काँग्रेस बाजुराले अायाेजना गरेकाे विराेध सभालाई सम्बाेधन गर्दै सभापति पण्डितले प्रधानमन्त्रीले अाेलीले प्रतिनिधि सभा भङ्ग गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका हुन् ।
केपि अाेलीकाे असंवैधानिक कदमका विरूद्व नेपाली कांग्रेस अहिले सडकमा उत्रिन् बाध्य भएकाे छ उनले अाक्राेसित हुँदै भने। लाेकतन्त्र र संविधानकाे रक्षाका लागि नेपाली काँग्रेस जस्ताे सुकै अवस्थामा पनि अग्रसर भएर लागिरहेकाे छ सभापति पंण्डितकाे भनाई थियाे ।
सभामा बाेल्दै सभापति पंण्डितले भने नेपाली काँग्रेस चुनाव जान र संसद् पुनर्स्थापनाका लागि तयार रहेकाे बताए ।
फेसबुक प्रतिक्रियाहरु