नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको हेरिटेज पार्टी प्यालेसमा जारी बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरिरहेका छन् । अहिलेसम्म प्रदेश २, वागमती प्रदेश कर्णाली प्रदेशका प्रतिनिधिले रिपोर्टिङ गरिसकेका छन् ।
प्रदेशका २ का इन्चार्ज धर्मनाथ प्रसाद साहले आफ्नो प्रदेशमा आफ्नो पार्टीको संगठन एमाले भन्दा धेरै राम्रो भएको भन्दै त्यसलाई कायम राख्दै थप विस्तार गर्ने प्रयास भइरहेको बताए ।
त्यस्तै कर्णाली प्रदेशका इन्चार्ज प्रकाश ज्वालाले पनि कर्णाली प्रदेशमा एमाले भन्दा समाजवादीको अवस्था राम्रो भएको रिर्पोटिङ गरेका छन् । वागमती प्रदेशकी अध्यक्ष सावित्रा भुसालले आफ्नो प्रदेशमा पार्टी संगठन राम्रो भएपनि अझै मिहिनेत गर्नुपर्ने धारणा राखेकी छन् । अहिले लुम्बिनी प्रदेशका भागवत विश्वासीले प्रदेशको रिपोर्टिङ गरिरहेका छन् ।
रिपोर्टिङको क्रम सकिएपछि अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेर बैठक समापन गर्ने तयारी भएको नेता मेटमणी चौधरीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु