होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • आजबाट सदरमुकाम मार्तडीबाट बस सेवा सूचारु
Breaking News

आजबाट सदरमुकाम मार्तडीबाट बस सेवा सूचारु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आजबाट सदरमुकाम मार्तडीबाट बस सेवा सूचारु

नागरिक रैबार/ बाजुरा २८ कार्तिक । गएको जेठ अन्तिम साताबाट बन्द भएको बस सेवा आजदेखि सदरमुकाम मार्तडीबाट सूचारु हुने भएको छ ।

आइतबार सदरमुकाम मार्तडीमा ६ वटा बस पुगेका छन् । यस अघि वर्षातको समयमा साँफे मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखि दवारी सम्मको सडकमा पहिरोका कारण बस सेवा सदरमकाम सम्म सूचारु हुन् सकेको थिएन् । जसका कारण बसहरु बल्देबजारबाट सूचारु हुँदै आएका थिए ।
No description available.

साँफे-मार्तडी सडक खण्ड अन्तरगत बल्दे दवारी सडकमा वर्षातमा भत्केको सडकलाई बससेवा सूचारु हुने गरी सडक विभागले निर्माण गरेपछि आजबाट सदरमुकाम मार्तडीबाटै बस सेवा संचालन हुने भएको काउन्टर इन्चार्ज ध्रव रोकायाले बताएका छन् ।

विज्ञापन

लामो समयपछि सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्न पाउने भएपछि स्थानीयबासीहरु खसी भएका छन् । यस अघि स्थानीयहरुले धनगढी सम्म जानको लागि ३ वटा गाडीहरुमा यात्रा गरेर जान बाध्य भएका थिए ।
No description available.

आजबाट सदरमुकाम मार्तडीबाट बस सेवा सूचारु भएपछि स्थानीयहरुले जिल्लाबाहिर जाँदा सिधै बसमा यात्रा गरेर मार्तडीबाट जान सक्ने भएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार बल्दे दवारी सडकमा यात्रुबाहक बसहरु नियमित संचालन हुने गरी भत्केको सडकको थप स्तरोन्नति गरिने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै