होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बादललाई मन्त्री बन्न निर्वाचन आचारसंहिताले छेक्ने
समाचार

बादललाई मन्त्री बन्न निर्वाचन आचारसंहिताले छेक्ने

  • नागरिक रैबार
बादललाई मन्त्री बन्न निर्वाचन आचारसंहिताले छेक्ने

सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएको छ ।

निवर्तमान गृहमन्त्री थापाले पदमै रहेका बेला हेलिकोप्टरबाट हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । त्यसबेला आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेको थिएन । वैशाख २७ गते प्रधानमन्त्री ओली पदमुक्त भएसँगै बादलको मन्त्री पद स्वतः गुमेको छ । यही बीचमा निर्वाचन आयोगले उम्मेदवारहरूका लागि आचारसंहिता बिहीबारदेखि नै लागू गरेको छ ।

तर, निर्वाचन आयोगले आचार संहिता लागू गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले थापालाई पुनः गृहमन्त्रीमा सपथ खुवाउने तयारी गरेको बुझिएको छ । आचार संहिता लागू भइसकेपछि उम्मेदवारलाई मन्त्री पदमा नियुक्त गर्न मिल्छ ? रातोपाटीको प्रश्नमा निर्वाचन आयोगका एक उच्च अधिकारीले भने, ‘मिल्न त नमिल्ने हो, तर….’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि