होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालुवाटार र कोटेश्वरमा नेकपा स्थायी समिति बैठक
समाचार

बालुवाटार र कोटेश्वरमा नेकपा स्थायी समिति बैठक

  • नागरिक रैबार
बालुवाटार र कोटेश्वरमा नेकपा स्थायी समिति बैठक

काठमाडौं । नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् ।
ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । ‘प्रतिमन विरुद्धको आन्दोलनको समिक्षाका साथै सांगठानिक विषयमा छलफल गर्ने एजेण्डा तय गरिएका छन्’भट्राईले रातोपाटीसँग भने, ‘अहिलेका महत्वपुर्ण सवाल नै यीनै हुन् ।’

त्यस्तै ओली पक्षका नेता सुवास नेम्वाङले बालुवाटारमा समसामयीक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि दुई नेकपाका अलगअलग बैठक बस्नुका साथै अन्य कार्यक्रमहरु पनि छुट्टाछुट्टै बस्दै आएका छन् । ओली पक्ष संसद विघटनको समर्थन र प्रचण्ड पक्षले त्यसको विपक्षमा आफ्ना गतिविधि तीव्र बनाएका छन् । ओली पक्ष आगामी बैशाख १७ र २७ को निर्वाचनको तयारीमा छ भने प्रचण्ड पक्ष ओलीको प्रतिगामी कदम सच्याउदै संसद पुनःस्थापनाको माग लिएर आन्दोलनमा होमिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै