जान कोरकोरन, जसलाई पढ्न लेख्न रुची थिएन । जोनले विद्यालय, क्याम्पसमा साथै शिक्षण पेशामा रहँदा समेत एक गोपनियता कसैलाई चुहाएनन् । खासमा उनलाई पढ्न आउँदैनथ्यो ।
बाल्यकालमा मेरा आमाबुबा भन्नुहुन्थ्यो कि, म एक विजेता हुँ । र, जिन्दगीको पहिलो ६ बर्षसम्म मलाई पनि त्यस्तै लाग्थ्यो ।
मैलें अलि ढिलो बोल्न सिकें । तर, ठूलो उमंगका साथ विद्यालय गएँ यो सोचेर कि, आफ्नी बहिनीले जस्तै पढ्न–लेख्न सिक्नेछु ।
पहिलो बर्ष त सबै कुरा ठिकठाक थियो । किनभने त्यती धेरै केही गर्नु पर्दैनथ्यो । तर, दोस्रो बर्षदेखि पढ्न सिक्नु थियो । यही बिन्दुमा पुगेपछि मलाई यस्तो लाग्यो कि, मेरो सामुन्ने कुनै चिनियाँ भाषाको अखबार पल्टाइएको छ र म ति अक्षरहरु पटक्कै ठिम्याउन समर्थ छैन ।
एक ६–७ बर्षिय बच्चाका लागि यति जटिल कुरा याद गर्नु सजिलो कुरा थिएन ।
मलाई सम्झना छ कि, राती सुतेको समयमा म भगवानलाई प्रार्थना गर्थें, ‘प्लिज भगवान, जब म बिहान उठ्नेछु मलाई पढ्न आओस् ।’ कहिले काहिँ त म रातमै उठेर पुस्तक पल्टाउथे, ताकि कुनै चमत्कार भइदियोस् । तर, कुनै चमत्कार भएन ।
म विद्यालय होइन, युद्धमा जान्थें
म ‘नालायक बच्चाको’ पंक्तिमा बस्न थालें । यो पंक्तिमा त्यस्तै बच्चाहरु थिए, जसलाई पढ्न लेख्नमा मलाई जस्तै दिक्क लाग्थ्यो । मलाई थाहा छैन कि, म त्यहाँ कसरी पुगें ? मलाई यो पनि थाहा थिएन कि, त्यहाँबाट कसरी बाहिर आउने ? मलाई पटक्कै थाहा थिएन कि, के प्रश्न गरौं ?
शिक्षकले त हाम्रो पंक्तिलाई ‘नालायक बच्चाको पंक्ति’ भन्दैनथे । तर, बच्चाहरुले नै त्यस्तो भन्थे । र, त्यो पंक्तिमा राखिएपछि स्वत आफुलाई ‘म नालायक’ भन्ने भान पर्दथ्यो ।
अभिभावक-शिक्षक मिटिङमा मेरा शिक्षकले आमाबुबासँग भने, ‘ऊ धेरै तेज बच्चा छ, उसले सिक्छ ।’
हरेक बर्ष शिक्षकले त्यसै भन्थे र मलाई अर्को कक्षामा चढाइन्थ्यो ।
तर, मलाई केही पनि थाहा हुँदैनथ्यो ।
जब म पाँचौ कक्षामा पुगें तब पढ्ने–लेख्ने इच्छा त्यागें । म हरेक बिहान उठ्थे, तयार हुन्थें, बिद्यालय जान्थें । मानौ कुनै युद्धमा गइरहेको छु । मलाई कक्षाप्रति वितृष्णा थियो ।
सातौं कक्षामा पुगेपछि त म दिनभर प्रिन्सिपलको कक्षामा बस्थें । म लड्थे, जोकर थिएँ, बिद्रोही थिएँ, कक्षामा डिस्टर्ब गर्थे, कक्षाबाट निकालिन्थें ।
तर, भित्रबाट म त्यस्तो थिइँन । म त्यस्तो बन्न चाहन्थे । म राम्रो बिद्यार्थी बन्न चाहन्थें । बस्, त्यस्तो बन्न चाहि सकिरहेको थिइँन ।
आठौं कक्षामा पुग्दासम्म मैले आफ्नो परिवारलाई लज्जित बनाइरहें । र, म थाकिसकें । मैलें सोचें, अब म ठीक हुन्छु ।
म खेलाडी बन्न चाहन्थे । मसँग खेलाडीको प्रतिभा पनि थियो । मेरो गणित राम्रो थियो । विद्यालय जानुअघि नै मैले पैसा गन्न सिकेको थिएँ ।
म आफ्नो नाम लेख्न सक्थें । तर, अरु शब्द वा वाक्य पुरा लेख्न सक्दिनथें । म हाइ स्कुलका विद्यार्थी भएर पनि प्राथामिक स्कुलका विद्यार्थी जस्तै थिएँ । तर, मैलें कहिले पनि कसैलाई भनिन कि म पढ्न सक्दिन ।
फेसबुक प्रतिक्रियाहरु