होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक विद्यालय एक नर्स कार्यक्रम थप दुई सय २२ विद्यालयमा सञ्चालन हुँदै
समाचार

एक विद्यालय एक नर्स कार्यक्रम थप दुई सय २२ विद्यालयमा सञ्चालन हुँदै

  • नागरिक रैबार
एक विद्यालय एक नर्स कार्यक्रम थप दुई सय २२ विद्यालयमा सञ्चालन हुँदै

सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ थप दुई सय २२ विद्यालयमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाँच प्रदेशमा चालु आर्थिक वर्ष भित्र एक विद्यालय एक नर्स कार्यक्रम सुरु हुने भएको हो ।
यो पटक प्रदेश १ र बाग्मती प्रदेश बाहेक ५ प्रदेशमा एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको हो । विद्यालय जाने उमेरका बालबालिकाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले रोग पहिचानका लागि सरकारले नर्स खटाउन लागेको हो ।

सरकारले विद्यालयमा बालबालिका, किशोर किशोरीलाई पोसिलो आहार, मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स कार्यक्रम’ कार्यक्रम अघि बढाएको विभागको भनाइ छ । सरकारले एक विद्यालय, एक नर्स कार्यक्रम संचालनका लागि नर्सको मासिक पारिश्रमिक २८ हजार २ सय रुपैयाँ तोकेको छ ।

एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन हुने विद्यालयहरूको सूचीः


 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार