होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

  • नागरिक रैबार
काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएको बैठक शुक्रबार ११ बजे पुनः बस्दै छ ।

हिजोको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित भएको थियो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।

बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै बैठकमा उपसभापति तथा अन्तर पार्टी समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए । हिजो बैठक यी नै तीन विषयमा केन्द्रित भएको छ । बिहीबारको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य लेखक, ढुङ्गाना, परियार, पौडेल, गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, कर्णबहादुर बुढा र चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा पनि केन्द्रीय सदस्यले आ–आफ्नो धारण राख्ने छन् । केन्द्रीय सदस्यले दिएको सुझावलाई समेटेर बैठकले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने शर्माको भनाइ छ ।

काँग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

तर महाधिवेशन सार्ने विषयमा सहमति भएपछि कहिले सार्ने भन्नेमा काँग्रेसभित्र मतभेद छ । संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ।

भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका लागि जोड दिने संस्थापन पक्षको रणनीति देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा अधिवेशन गरेर असोजको दोस्रो साता (दसैं)सम्म महाधिवेशन गरिसक्नुपर्ने पक्षमा छन् । दसैँअघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने उनेका भनाइ छ ।

दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनःस्थापनापछिको पहिले केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सही ट्रयाकमा ल्याएको जनाएको छ ।

संसद् विघटनको असंवैधानिक कदमविरुद्धमा ऐक्यबद्ध गठबन्धनका राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्मअनुरुप फैसला आएको काँग्रेसको निष्कर्ष छ ।

बैठकले कोभिड–१९ को महामारी र बाढीपहिरोबाट आक्रान्त जनताको रक्षा र राहतका कार्यसँगै संविधानको मर्म र जनताको भावनाअनुरुप कार्य गर्न दलबीचको सहमतिअनुरुप अघि बढ्न नयाँ सरकारलाई शुभकामना व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि