काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन लागेका छन् । उनले आज अपरान्ह २ बजे देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा दिन लागेका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै बहुमतको दाबी प्रस्तुत गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री बनाउन आदेश दिएपछि ओलीले राजीनामा दिन लागेका हुन् ।
आज भानुभक्त जयन्तीका दिन ओलीको राजीनामा आउन लागेको हो । ओलीले गत वर्ष भानु जयन्तीकै दिन राम जन्मभूमी चितवनको अयोध्यापुरीमा रहेको भन्दै भारतका अयोध्या राम जन्मभूमि नभएको भन्दै प्रश्न खडा गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु