होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘प्रधानन्यायाधीश ज्यू, अब धेरै जुवा नखेल्नुस्, तपाईंको हार भइसक्याे’
समाचार

‘प्रधानन्यायाधीश ज्यू, अब धेरै जुवा नखेल्नुस्, तपाईंको हार भइसक्याे’

  • नागरिक रैबार
‘प्रधानन्यायाधीश ज्यू, अब धेरै जुवा नखेल्नुस्, तपाईंको हार भइसक्याे’

काठमाडाैं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई जुवा सकिएकाले घोर जुवा नखेल्न आग्रह गरेका छन्। बारको धर्नापछि बोल्दै थापाले जबराले कुर्सी नछाेडे कार्यकालभरि नै आन्दोलन हुने चेतावनी समेत दिए।

उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई बन्ध्याकरण गरेको समेत टिप्पणी गरेका छन्। बारले बहिष्कार गरेपछि प्रधानन्यायाधीशको बहिर्गमन एक प्रकारले भइसकेको उनको भनाइ छ।

उनले भने, ‘तपाईंको बहिर्गमन भइसकेकको छ। बारले बहिर्गमन गरेपछि बहिर्गमन भइसक्यो। प्रहरी र सेनाको घेरा हालेर मूलगेट छाडेर चोरबाटोबाट छिर्ने प्रधानन्यायाधीशलाई गंगाजल छर्केर पनि अब बचाउन सम्भव छैन।’ उनले दलहरूलाई यो विषयमा स्पष्ट बोल्न समेत आग्रह गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार