काठमाडौं । कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । केही पक्राउ परेका छन् ।उनीहरु सर्वोच्च अदालत अगाडिको सडकमा छन् । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो ।
कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।
फेसबुक प्रतिक्रियाहरु