होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • दार्चुलामा पक्राउ गरिएका जुवाडेलाई प्रहरीले दियो दशैँ बिदा
Breaking News

दार्चुलामा पक्राउ गरिएका जुवाडेलाई प्रहरीले दियो दशैँ बिदा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दार्चुलामा पक्राउ गरिएका जुवाडेलाई प्रहरीले दियो दशैँ बिदा

धनगढीः दार्चुलामा प्रहरीले पक्राउ गरिएका जुवाडेहरूलाई दशैँ बिदामा छाडेको छ। असोज २४ गते जुवाखालबाट पक्राउ परेका ब्यास गाउँपालिका ३ का वडाअध्यक्ष उपेन्द्रसिँह धामीसहित १२ जुवाडेलाई प्रहरीले दशैंसम्मका लागि छाडेको हो।

उनीहरूमाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो। २ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले सोमबार मात्रै अनुसन्धानका लागि थप  १५ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो।

तर, दशैं मनाउन उनीहरूलाई छाडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका  प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए। उनले दिनेशखबरसँग भने,‘पक्राउ परेकाहरुलाई दशैंका लागि छाडिएको हो। उनीहरुलाई १५ दिन हिरासतमा राख्न म्याद थप समेत गरिएको अवस्था हो। दशैंतिहारलाई ध्यानमा राखेर उनीहरुलाई जिम्मेवार व्यक्तीको हाजिरी जमानीमा छोडिएको हो। दशैंतिहार पर्वको समय भएकाले उनीहरुलाई पर्वको समयका लागि छाडिएको हो।’

विज्ञापन

अहिले पनि अनुसन्धान भईरहेको बताउँदै दशैंपछि कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए। गत २४ गते जिल्ला सदरमुकाम खलंगास्थित तिकंरखेडाका स्थानीय प्रेमसिंह बुढाथोकीको घरबाट साढे २ लाखसहित १२ जना जुवाडे पक्राउ परेका थिए। प्रहरीले घरभित्र जुवा खेल भइरहेको विषेश  सूचनाको आधारमा छापा हान्दा उनीहरु पक्राउ परेका थिए। जुवाखालबाट  दुई लाख ३७ हजार तीन सय ९७ रुपैँया, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान फेला परेको  प्रहरीले बताएको थियो। दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै