होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते
समाचार

भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते

  • नागरिक रैबार
भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते

२८ साउन, सुर्खेत । जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् ।चन्दननाथ नगरपालिका-६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान्-श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् ।सदरमुकाम खलंगा बजारमा मोवाइल पसल गरिरहेका उनीहरु बिहान कोठाबाट पसल जाँदै गर्दार् भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

निर्मलाको अनुहारमा र हिमबहादुरको टाउकोमा चोट लागेको र उनीहरुको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रणमा लिन नसकिएको र त्यसको खोजी कार्य भैरहेको डीएसपी थापाले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार