होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अघिल्लो सरकारको पालामा ९७ लाख मात्र खोप आएको हो : स्वास्थ्य राज्यमन्त्री
समाचार

अघिल्लो सरकारको पालामा ९७ लाख मात्र खोप आएको हो : स्वास्थ्य राज्यमन्त्री

  • नागरिक रैबार
अघिल्लो सरकारको पालामा ९७ लाख मात्र खोप आएको हो : स्वास्थ्य राज्यमन्त्री

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

 

विज्ञापन

सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार