होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बझाङमा विद्यालय पहिरोको जोखिममा, प्रधानाध्यापक भन्छन्, ‘खसे सिधै खोला पुगिन्छ’
समाचार

बझाङमा विद्यालय पहिरोको जोखिममा, प्रधानाध्यापक भन्छन्, ‘खसे सिधै खोला पुगिन्छ’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बझाङमा विद्यालय पहिरोको जोखिममा, प्रधानाध्यापक भन्छन्, ‘खसे सिधै खोला पुगिन्छ’

बझाङः बझाङको केदारस्युँ गाउँपालिका-६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ।

 

अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो। साउन १२ गते मंगलबार राति पानी अविरल परेपछि रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताए।

 

उनले भने, ‘लगातार वर्षा भएपछि भवन भत्कने खतरा छ। भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।

 

वडाध्यक्ष काशीराम धामीले यो वर्ष २० लाख बराबरको ग्याबिन जाली हालेको, तर जाली नै बगाएर सोही गाउँका २० परिवारले लगाएको बालीसमेत पहिरोले बगाएको बताए।

उनले भने, ‘अहिले त विद्यालय बन्द भएकाले केही समस्या छैन। विद्यालय खुलेपछि विद्यार्थीलाई कहाँ पढाउने भन्ने समस्या भएको छ। त्यहाँबाट  खसेपछि सिधै खोलामा पुगिन्छ। अन्य ठाउँमा विद्यालय भवन बनाउन जग्गा खोजिरहेका छौँ। अहिलेसम्म कतै भेटिएको छैन।’

जग्गा पाए चाँडै नै अन्यत्र विद्यालय भवन बनाउने योजना रहेको वडाध्यक्ष धामीले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै