होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा: के के विषयमा हुँदैछ छलफल ?
राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा: के के विषयमा हुँदैछ छलफल ?

  • नागरिक रैबार
काँग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा: के के विषयमा हुँदैछ छलफल ?

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । विहीबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्दै छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । काँग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

सो कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो ।

क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन् । तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई बताए ।

काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार काँग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो ।

विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको काँग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा संवैधानिक चुनौती छ । प्रवक्ता शर्माले भने साढे पाँच वर्षमा सुरु हुने गरी कार्यतालिका ल्याउने विषयमा छलफल भइरहेको बताए ।

 

उनले भने, ‘साढे पाँच वर्षमा महाधिवेशन सम्पन्न हुन नसक्ने देखियो । अब साढे पाँच वर्षलाई टेकेर नयाँ कार्यतालिका ल्याउने विषयमा छलफल हुन्छ ।’ तर बुधबार भएको शीर्ष नेताहरुको छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट फरक-फरक प्रस्ताव आएको थियो ।

देउवाले भदौ २३ भित्र अधिवेशन सुरु गरेर मंसिरसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने प्रस्ताव राखेका थिए । तर वरिष्ठ नेता पौडेलले असोजभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने धारणा राखेका थिए ।

बुधबार करिब ३ घण्टा चलेको बैठकमा महाधिवेशनको मितिबारे सहमति हुन नसकेपछि शीर्ष नेताबीच केन्द्रीय कमिटी बैठकअघि छलफल हुने छ । साथै उनीहरुले निर्वाचन समितिसँग पनि छलफल गर्ने छन् । निर्वाचन समितिले महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यको सूची प्राप्त भएको ५६ दिन चाहिने बताएको छ ।

सरकार सम्बन्धी ​ पनि छलफल

सभापति देउवाले सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक काँग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै छ । असार २९ गते सरकार नेतृत्व गरेर देउवाले अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिन कसेका छैनन् । अहिलेसम्म प्रधानमन्त्री सचिवालय पनि ‘अनधिकृत’ रुपमा सञ्चालित छ । केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुने बुझिएको छ ।

‘आजको बैठक महाधिवेशन केन्द्रित भएपनि सरकार सञ्चालन र राष्ट्रिय राजनीतिबारे पनि छलफल हुन्छ । बैठकमा स्वभाविक रुपमा सरकार सम्बन्धी कुरा पनि आउँछन्,’ शर्माले भने । देउवा प्रधानमन्त्री भएपछि उनको सचिवालयले बनाएको भिडियो विषयमा पनि कुरा उठाउने केही नेताहरुको तयारी छ ।

‘मलाई देउवा मनपर्छ किनभने‘’ भन्ने भिडियो बनाएर प्रचारमा ल्याएपछि काँग्रेसकै नेताहरुले आलोचना गरिरहेका छन् । बुधबार शीर्ष नेताहरुको बैठकमा यसबारे महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतबीच चर्काचर्की परेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि