होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
समाचार

ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

  • नागरिक रैबार
ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

बागलुङ नगरपालिका–६ लहरे पिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिए ।

ग १ त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडा सचिव केसीको भनाइ छ ।

मृतक शर्मा सोही गाउँको काफल ठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले ट्रयाक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार