होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको २ सय ९३ बढि हेक्टर जगंलमा आगलागी लाखाैँकाे क्षेती
समाचार

बाजुराको २ सय ९३ बढि हेक्टर जगंलमा आगलागी लाखाैँकाे क्षेती

  • नागरिक रैबार
बाजुराको २ सय ९३ बढि हेक्टर जगंलमा आगलागी लाखाैँकाे क्षेती

३० चैत बाजुरा । बाजुरा जिल्लाको बिभिन्न जंगलमा गरि २ सय ९३ हेक्टर आगलागि भएको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् । बाजुराका अधिकाङस जंगलमा लागेको डढेलो अझै पूणर् नियन्त्रणमा आउन नसकेको जिल्ला बन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख शुभार चन्द अयडीले बताएका छन ।

बाजुरा जिल्लाको सबैभन्दा बढि बडिमालिका नगरपालिका १ को भेरालमाण्डौ सामुदायीक बनमा क्षेती पुगेको जिल्ला बन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख शुभार चन्द अयडीले बताएका छन । सो बनमा १ सय २० हेक्टर जंगलमा क्षेती पुगेको बताए । त्यसै गरी सोही नगरपालिका २ को सल्लेना सामुदायीक बनमा ६० हेक्टर जाल्पा जनशक्ति कृषि सामुदायीक बनमा ५० हेक्टर बडिमालिका नगरपालिका ७ को कोस्याडा सामुदायीक बन २ हेक्टर सो वडाको खिरिडा भुजन्तोला सामुदायीक बन २ दशमलव ५ हेक्टर जंगलमा क्षेती भएको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै बडिमालिका नगरपालिका १ को जाल्पादेवी सामुदायीक बनमा ३ हेक्टर, पिनालेक सामुदायीक बनमा वडा न १ मा २ हेक्टर, बिनिकोट सामुदायीक बनमा वडा न २मा १५ हेक्टर वडा न ४ को भोडी ओडार सामुदायीक बन १० हेक्टर, गजयापातल बैठल सामुदायीक बन वडा न ८ र ९ मा ४ हेक्टर घटला साुमदायीक बन बडिमालिका ३ मा ४ हेक्टर कालिका सल्लेरी सामुदायीक बन वडा न ८ मा ३ हेक्टर थापाथली सामुदायीक बन वडा न ८ मा ५ दशमलव शुन्य ५ हेक्टर र मष्टेश्वरी सामुदायीक बन वडा न ८मा १ दशमलव ५ हेक्टर जगंलमा आगलागी भएको तथ्याङक रहेको छ ।

बढिनन्दा नगरपालिका वडा नम्मर २ मा रहेको बाहुनीमाण्डौ सामुदायीक बनमा ३ हेक्टर नुरी सुगरखाल सामु्दायीक बन वडा न २ मा २ दशमलव ५ हेक्टर जंगलमा क्षेती भएको जिल्ला बन डिभिजन कार्यालय बाजुराको तथ्याङक रहेको छ ।
त्यसै गरी जगन्नाथ गाउँपालिकाको काउचा झुणकाटिया सामुदायीक बनमा २ दशमलव ५ हेक्टर जगंल क्षेती भएको छ भने गौमुल गाउँपालिका वडा न ५ मा रहेको पोख्रा गड्यापातल सामुदायीक बनमा २ हेक्टर बनमा आग्लागीबाट क्षेती भएको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।

त्यसै गरी गौमुल गाउँपालिकाकै वडा न ५ मा रहेको तरपरे खर्क सामुदायीक बन ५ दशमलव शुन्य पाचँ हेक्टर जंगलमा क्षेती भएको छ भने सोही गाउँपालिकाको वडा न १ मा रहेको सुर्योदय सामुदायीक बनमा १ दशमलव ५ हेक्टर जंगलमा आग्लागी भएर क्षेती भएको र यो तथ्याङक बढ्दै जाने जिल्ला बन डिभिजन कार्यालय बाजुरा निमित्त कार्यालय प्रमुख अयडीले बताएका छन ।
उल्लेखीत जंगलमा लागेको आगोले जंगलमा रहेका बोट बिरुवा जंगली जनावरका साथै घर छाना र मानबिय क्षेती समेत भइसकेको जनाएको छ । एक महिना अगाडी बडिमालिका नगरपालिका वडा न ३ की एक महिलाको आगो निभाउन जाने क्रममा घाईते भइ उपचारको क्रममा मृत्यु भइसकेको जनाएको छ । केही दिन अगाडी सल्लेना सामुदायीक बनमा लागेको आगोले ६ ओटा छाना र १ घर समेत जलेर नष्ट भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै