नागरिक रैबार
बाजुरा २८ पुस
जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभा मार्तडीमा सम्पन्न भएको छ । “संघ, प्रदेश र स्थानीय तह विच समन्वय, शुसासन सहमागिता र पारदर्शिता, स्वास्थ्य, कृषि, रोजगारी र शिक्षा आजको आवश्यकता” भन्ने मुल नाराका साथ उक्त सभा मार्तडीमा सम्पन्न भएको हो ।
मंगलबार भएको तेस्रो जिल्ला सभामा ४ वटा कार्यसुचि पेश गर्दै सभा सम्पन्न गरिएको हो । सभामा समिक्षा सम्वन्धमा, जिल्ला समन्वय समितिको हकभोगमा रहेको जग्गा जिल्ला अदालत बाजुरालाई हक हस्तान्त्रण, संसोधित बजेट स्वीकृति तथा अनुमोदन र चालु आर्थिक वर्षमा जिल्ला समन्वय समितिले हाल सम्म गरेका निणर्यहरुको अनुमोदनका लागि कार्यसुचि पेश गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको तेस्रो जिल्ला सभामा जिल्ला भरीका ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु