होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • इटली भर्सेस टर्की : प्लेयर टु वाच
खेलकुद

इटली भर्सेस टर्की : प्लेयर टु वाच

  • नागरिक रैबार
इटली भर्सेस टर्की : प्लेयर टु वाच

‘हाम्रो टिमसँगै धेरै अनुभव छ र हामी सबैसँग भिड्न सक्छौं । हामीसँग रोमेलु लुकाकु वा क्रिष्टियानो रोनाल्डो छैनन् । हाम्रो शक्ति नै टिम हो,’ इटलीका भेट्रान डिफेन्डर लियोनार्दो बनुचीले टर्कीविरुद्धको युरोकपको उद्घाटन खेलअघि दिएको प्रतिक्रिया हो, यो । खासमा इटलीको टोलीमा यसपटक स्टार खेलाडी छैनन् । तर यसको अर्थ उत्कृष्ट प्रतिभा छैनन भन्नु गलत हुनेछ किनकी सन् २०१८ यता खेलेका २७ खेलमा इटली अपराजित छ । इटलीसँग प्रतिस्पर्धा गर्न लागेको टर्की भने युवा खेलाडीहरूले भरिएको छ ।

जेकी चेलिक

२४ वर्षीय जेकी चेलिक टर्कीका हेर्नलायक खेलाडीमध्ये एक हुन् । फ्रान्सेलीले क्लब लिललाई लिग उपाधि जिताउने क्रममा यस सिजन यी राइट ब्याकको भूमिका महत्त्वपूर्ण रह्यो । उनले २७ खेल खेल्दै तीन गोल गरे भने दुईवटा पास पनि मिलाइदिए । त्यहीकारण यी आक्रामक डिफेन्डरप्रति अहिले म्यानचेस्टर युनाइटेड, आर्सनल र टोट्टेनह्याम आकर्षित छन् । टर्कीको अग्रपंक्तिमा बुराक यल्माज छन् । अहिलेसम्म २९ गोल गरेका उनी देशको सर्वकालिन गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा बढी हाकन सुकरले (५१ गोल) गरेका थिए ।

विज्ञापन

सिरो इम्मोबिल

इटलीका लागि इम्मोबिल महत्त्वपूर्ण साबित हुनसक्छन् । २०१९÷२० को सिजनमा लाजियोका लागि यी स्ट्राइकरले ३६ गोल गरेका थिए । उनले त्यस सिजन युरोपियन सुपर कप पनि जिते । तर, क्लबस्तरमा देखाएको खेल राष्ट्रिय टिममा उनले देखाउनै बाँकी छ ।

सिरिएमा पछिल्ला ५ सिजन उनले २५ को औसतमा गोल गरेका छन् । यद्यपी, देशका लागि उनले अहिलेसम्म १२ गोलमात्रै गरेका छन् । ३१ वर्षका यी स्ट्राइकरले अहिलेसम्म ४५ खेल खेलेका छन् । युरोकपको समूह चरणमा टर्की, स्विचरल्यान्ड र वेल्सविरुद्ध प्रतिस्पर्धा गर्दा आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या बढाउने राम्रो अवसर उनीसामु छ ।

खेल समय : राति १२ ४५

मैदान : स्टाडियो ओलम्पिको

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै