होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्रीले शाहीले भेटे दुर्व्यवहारमा परेकी राउटे किशोरी र परिवार
समाचार

मुख्यमन्त्रीले शाहीले भेटे दुर्व्यवहारमा परेकी राउटे किशोरी र परिवार

  • नागरिक रैबार
मुख्यमन्त्रीले शाहीले भेटे दुर्व्यवहारमा परेकी राउटे किशोरी र परिवार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ । भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी पनि सहभागी भएका थिए ।

विज्ञापन

केहीदिन अघि सुर्खेतका युवाहरुको यौन दुर्व्यवहारमा परेकी सम्झना राउटेसहित अन्य राउटे प्रतिनिधिहरुले मुख्यमन्त्रीलाई भेटे पनि सो घटनाबारे भने मुख्यमन्त्रीको सचिवालयले केही कुरा सार्वजनिक गरेको छैन । भेटघाटपछि मुख्यमन्त्रीको कार्यालयमा उनीहरुले सामूहिक फोटो खिचाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै