धनगढी : धनगढीमा भएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भइसकेको छ। प्रतियोगितामा फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटी च्याम्पियन बनेको छ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोह बीच पुरस्कार वितरण गरिएको थियो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका सभापति परिषदका सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्का र विशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी रहेका थिए।
फेसबुक प्रतिक्रियाहरु