धनगढीः डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। विवादकाबीच वडा अधिवेशन सुरु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताको छ। सबै वडाको विवरण भने आएको छैन। निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७, नवदुर्गा गाउँपालिका वडा नम्बर ४ लगायतका वडाहरुमा उद्घाटन सत्र सकिएको छ।
नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको थियो। ‘डडेल्धुरामा काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। विहान ८ बजेदेखि नै सुरु भएको हो। कुन–कुन ठाउँमा सुरु भएको छ, त्यो जानकारी छैन। तर नवदुर्गा ४, अमरगढी ७ मा उद्घाटन सत्र सकिएको जानकारी आएको छ। अन्य ठाउँमा पनि सुरु भएको छ,’ निर्वाचन अधिकृत बमले भने।
यता काँग्रेसको जिल्ला कार्यसमितिले भने आजको अधिवेशन स्थगित गरिएको बताएको थियो। पार्टी कार्यालय सचिव राम विष्टले मतदान अधिकृत बमले गत मंगलबारको बैठकमा विवाद सृजना गरेको आरोप लगाए। उनले भने, ‘२२ गते नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठक बस्यो। बैठक निर्वाचन अधिकृतले विवादीत बनाउनु भयो। बैठक बोलाउनु भयो। तर आफैले हस्ताक्षर गर्नु भएन्। जिल्लामा कृयाशिल सदस्यको बिषयमा विवाद थियो। झन उहाँले विवाद बढाउनु भयो। २५ गते वडा अधिवेदन बोलाउनु भयो। तर कार्य समिलिे बिरोध गरेको छ।’
काँग्रेसका कतिपय केन्द्रीय तहका नेताहरु नै डडेल्धुरामा क्रियाशील सदस्यता टुंगो नलगाई वडा अधिवेशन नगर्ने अडानमा रहेका थिए। काँग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला लगायतका नेताहरु समेत तत्काल अधिवेशन नगर्ने पक्षमा रहेका थिए। सोही विवादका कारण नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएको चर्चा पनि छ।
सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन्। क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनिरहेको डडेल्धुरामा नेपाली कांग्रेसको विवाद थप चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ–आफ्नै अडान राख्न थालेपछि जिल्लामा विवाद पेचिलो बनेको हो।
जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति मल्लले बताएका छन्। यसै किचलोलाई लिएर डडेल्धुरामा जिल्ला सभापति मल्ल पक्षीय कार्यकर्ताहरू आक्रोशित भएका छन्। मंगलवार पार्टी कार्यालयमा झडप समेत भएको थियो। दिनेशखबरबाट साभार
फेसबुक प्रतिक्रियाहरु