होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जसपाका नेताहरुको जवाफ : जसले मुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन
राजनीति

जसपाका नेताहरुको जवाफ : जसले मुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन

  • नागरिक रैबार
जसपाका नेताहरुको जवाफ : जसले मुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन

२६ फागुन, काठमाडौं । नेकपा एमाले इतरको सरकार बनाउन दौडधुप गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई भेटेका छन् ।

प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए ।भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए ।

तर जसपा नेताहरुले भने आफूहरुको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् । ‘रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो मुद्दा हो, जसले यो पूरा गर्छ, उसलाई साथ दिन्छौं’ भेटमा सहभागी राजपा वरिष्ठ नेता महतोले भने ।

विज्ञापन

प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार