गगन अयडी २६ फाल्गुन । बाजुरा पत्रकार महासघ शाखाका संस्थापक अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयारमा पण्डित उचराका लागि अस्पतालको बेडमा छटपटी रहेका छन । उनको घर बाजुरा जिल्ला बडिमालिका नगरपालिका को सदरमुकाम मार्तडीमा रहेको छ । पण्डित समचार पत्रमा बाजुराबाट रिपोर्टिङ गर्छन भने किनारा अनलाइन को सम्पादक समेत रहेका छन ।( पण्डित रिपोर्टिङ का लागि सदुरमुकामबाट निस्के को दिन ) पण्डित २०७७/ ११/१२ गते रिपाेर्टीङकाे सिलसिलामा बाजुरा जिल्लाको हिमाली गापा १ बामु पुगेका थिए ।
दुर्गम गाउँमा यातायातको रिपोर्टिङ मा निस्केका पण्डित
बाटाेमा बिशेष गरी बाटाेकै समस्या दर्साएं । पहिलाे प्राथमिकता बाटाे भन्दै थिएं । यति भन्दै गर्दा साथी सुरलाल राेकायाले भने हामी जन्मभरि हिड्नु छ । तपाई एक पटक हिड्न सक्नु हुन्न ।पिठ्यु बाेकेर लिउला । नभन्दै घट्टेभाैर पुगेपछि उनले भने हामीकन खच्चड हिड्ाे वाटाे छैन तपाई गाडी माेटर बाटाे खाेज्नु हुन्छ ।
याे भनाईले अत्यन्त मर्म चाेट लागेकाे थियाे ।मन मनै मैले साेचें ।म संग दर्जनाै समाचारका विवरण टिपाेट गरि सकेकाे थिएं । त्यसमा पहिलाे प्राथमिकता जिमाना हुंदै नेटा , साविक बिच्छ्या गाविस बाट बामु सम्म वाटाे पुग्नु पर्छ । त्यहा अनेकाै सम्भावना छन् । बाटाेमा हरेका थरिका मान्छे संग कुरागर्दै टिपाेट र फाेटाे खिच्दै बामे पुगियाे ।बामुका माघ पुनि मेला थियाे ।जहां देउडाका पारखि पानसरा थापा अछाम वाट ललिजंग मुगु र बाजुराका दलवहादुर मल्ल लगायतकाे उपस्थिति थियो ।
उनिहरू बामे वसे म भाेलि पल्ट । समाार संकलन गर्न बामेवाट २ घण्टा माथि पेठे पुगें । सरललाल मसंगै थिए । पेठेमा जम्ममा तिन घर थिएं ।स्थलगत अवलाेकन गरें । त्यसमै दुर दराजमा किन मानिस थात जमाउन पसेछन्।।उत्सुकुताकाे बिषय थियाे । जानकारी लिएं दल व रावलले जानेजति सबैकुरा वताए ।त्यसपछि म पेठे झरना लागें जहाँ जंगलकाे बाटमे थियाे ३५० मिटर अग्लाे पेठेझरना पुंगें । समाचार का लागि फाेटाे लिएं बाईट लिए । रमाईलाे गरि फर्काे ।
घटना
बामु वाट फर्किदै गर्दा त्यस समुदायले अत्यन्त सद्भाव न्यानाे स्वागत र मायाकाे चिनाे दिए । उनी रूदै थिए हामी पनि अाँसु पुच्छ्दै फर्कियाैै । डेडघण्टा तल घट्टेचाैर पुग्याै । ठुलाेल ढुंगाे थियाे जहाँ उभिएर फाेटाे खिच्न वारि पारिकाे दृष्य रमाईलाे थियाे । वाटाे अप्ठेराे थियाे । तल छाल पारि भिड थियाे । फाेटाे खिचाै भनेकाे याद छ । त्यस पछि मेराे खुट्टाे लट्केर म करिव १५ मिटर तल छाल खसें । मसंगै भएका साथी अनिरूद्र जी र मेराे ज्वाई नाता पर्ने दिपराज पाण्डेले उद्धार गरेका छन्
अस्पतालको बेडबाट यस्तै भन्छन घाईत्य पण्डित ।जनताले चिने सरकारले वास्ता गरेन
। त्यहाँबाट मलाई प्रही जवान साथीले बाेकेर बिच्या स्वास्थ्य चाैकी पर्याएछन् । त्यहाँ प्राथमिक उपचार फेजनेपालका सिस्टर ले गरे । उद्धारमा वामुवाट १५/२० जनाकाे उद्धार कर्मी टिम अायाे । १७ गते विहान नेटाका थापाजीले स्व स्फुर्त घाेडाे दिए । बामुका दाजु भाईले स्ट्रेचर ल्याए । उहांहरूकाे सहयाेगमा अप्रान्न चार वजे हुम्लाकाे जिमाना पुगेअाैं ।
जिमाना सम्म हिमाली गापाका अध्यक्ष गाेविन्द मल्लकाे सहयाेगमा गापाकाे गाडिले काेल्टी पुर्यायाे । काेल्टी स्वास्थ्य केन्द्रमा पत्रकार साथी छक्क मल्ल अनिल, नहकुल , महेशकार्की लगायत तमाम अाफन्तकाे सहयाेग र डाकक्टर राजुराज जैशीले उपचार गरें जहां निक्कै राहात भयाे ।
भाेलिपल्ट अाफन्जनले केही अार्थिक सहयाेगमा नेपालगंज मेडिकल कलेज काेहलपुर,पुंगें। त्यहाँ सामाज सेवी रामबहादुर मल्लकाे सहयाेग र डाक्टर दिपेन्द्र श्रेष्ट , र डाक्टर प्रतिक काे संयाेजकत्वमा बांयादघुंडाकाे अप्रेसन भयाे । दांया घुंडाकाे अप्रेसनकाे लागि वायाँ घुडाकाे अप्रेसन नगरी एम अार अाई गर्न नसकिने हुंदा हाल अाैषधी प्रयाेग गरेकाे धाईत्य पण्डितले बताए । अस्पतालको बेडमा छटपटि रहेका घाईत्य पण्डितले भने दायां घुंडाकाे दुखाई बढि भएकाे छ । थप उपचारका लागि काठमाडौं रिफर भएकाे छ ।
सयोगी मनहरू
यस अवधिमा गृह नगरपालिका वडीमालिका नगरपालिकाले नगद ५० हजार /- रूपिया । र रेडियाे शुदुरपश्चिमका अध्यक्ष तथा प्रबन्धक र सुदुरपश्चिम टुडेका सम्पादक दीरघराज जाेशी सरवाट ब्यक्तिगत रू २५ हजार/ व्यापारी चक्र मल्ल वाट रू २ हजार/ नगद सहयाेगभएकाे छ भने हिमाली गाउँपालिका बाट प्राविधिक( सवारी साधान ) सहयाेग भएकाे छ ।त्यसैगरी पत्रकार महासंघ प्रदेश महासचिव याेगेश रावल लगायत अाफन्तजनवाट सहानुभुति प्राप्त भएकाे छ । हाल थप उपचारका लागि काठमाण्डु छु । सहयाेगी सबैलाई अस्पतालको बेडबाटै धन्यवाद दिएका छन । उनको उपचारको लागि न त प्रदेश सरकारले वास्था गरेका छन भने नत्र केन्द्र सरकाले वास्था गर्यो । पण्डित अहिले अस्पतालमा उपचार गराई रहेका छन
फेसबुक प्रतिक्रियाहरु