होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस प्रवक्ताले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मलाको फोटो
समाचार

कांग्रेस प्रवक्ताले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मलाको फोटो

  • नागरिक रैबार
कांग्रेस प्रवक्ताले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मलाको फोटो

२६ पुस,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको किताब उपहार पठाएका छन् ।

प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको जिकिर गर्दै ओलीले संविधान पढ्न सुझाव दिएपछि जवाफमा शर्माले संविधानको किताब उपहार पठाएका हुन् ।

 

प्रवक्ता शर्माले संविधानसँगै भोकका कारण मृत्यु भएका सूर्यबहादुर तामाङ, आइसोलेसनमा उपचार नपाएर मृत्यु भएका राजु सदा र बलात्कारपछि हत्या भएकी निर्मला पन्तको तस्वीर पनि प्रधानमन्त्रीलाई पठाएका छन् ।

प्रवक्ता शर्माले नेपाल प्रेस युनियन काठमाडौं जिल्ला अध्यक्ष जगन्नाथ दुलालमार्फत ओलीलाई संविधान पार्सल पठाएका हुन् । दुलालले संविधानसहितको पार्सल हुलाकमार्फत पठाएको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै