होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • मेस्सीको बिदाइपछि बार्सिलोना टुक्रिएको छ : जेरार्ड पिके
खेलकुद

मेस्सीको बिदाइपछि बार्सिलोना टुक्रिएको छ : जेरार्ड पिके

  • नागरिक रैबार
मेस्सीको बिदाइपछि बार्सिलोना टुक्रिएको छ : जेरार्ड पिके

२५ साउन, काठमाडौं । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबका स्टार लिओनल मेस्सीको बिदाइपछि बार्सिलोना केही टुक्रिएको बताएका छन् । जोन ग्याम्पर ट्रफी खेलमा युभेन्टसलाई ३-० गोलले पराजित गरे पनि मेस्सीको बिदाइपछि बार्सिलोना केही टुक्रिएको उनले बताए ।

फुटबलकै एक उत्कृष्ट खेलाडीलाई गुमाएपछि आगामी सिजनमा धेरै आशा नरहेको समेत पिकेले बताए । ‘मेस्सीको बिदाइको कारण टीम साँच्चिकै बिग्रेको छ, हामी आक्रमणमा जादू गुमाउनेछौं, तर हामी अगाडि बढ्नुपर्छ, प्रशंसकहरुले हामीबाट धेरै आशा गर्दछन्,’ उनले भने ।

 

‘हामीले अहिलेसम्मकै सर्वश्रेष्ठ खेलाडी गुमाएका छौं । यसले हामीलाई चोट पुर्‍याएको छ र यसले उनलाई पनि चोट पुर्‍याएको छ। मलाई पूरै कहानी थाहा छैन, दुई पार्टीले भनेका छन् कि यो संख्याको कुरा हो, उनले भने, ‘पछिल्लो वर्षको व्यवस्थापनले मद्दत गरेको छैन, तर इतिहासले देखाउँछ कि हामी उठ्नेछौं ।’

क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, माथिस डे लिग्ट जस्ता स्टार खेलाडीहरु भएको युभेन्ट्स विरुद्ध बार्सिलोनाले खेलको तेस्रो मिनेटमै मेम्फिस डिपाएको गोलबाट अग्रता लिएको थियो ।दोस्रो हाफमा मार्टिन ब्रेथवेइट र रिकार्ड पुईगले गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार