होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दाहालको प्रश्‍न- केपीजी हिन्दु महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?
समाचार

दाहालको प्रश्‍न- केपीजी हिन्दु महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?

  • नागरिक रैबार
दाहालको प्रश्‍न- केपीजी हिन्दु महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्न उठेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अन्तरक्रियामा दाहालले ओलीका क्रियाकलापले नै नेपाली जनताले त्यस्तो प्रश्न उठाएको बताएका हुन् ।

‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ । मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ,’ उनले भने, ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ । यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी भनेको के हो ? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ?’

 

नेपालमा रामको जन्म भएको प्रमाणित भए र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने सबैभन्दा खुशी आफूलाई हुने उनले दाबी गरे । ‘यदि नेपालमा अयोध्या प्रमाणित हुन्छ, रामको जन्म प्रमाणित हुन्छ भने र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने म भन्दा खुशी त अरु कोही हुनै सक्दैन । हामीले धार्मिक स्वतन्त्रताको कुरा गरेका छौं । धर्मप्रति हाम्रो कहिँकतै नकारात्मकता छैन । राज्य पो धार्मिक निरपेक्ष हुनुपर्छ भनेको हो । जनताको धार्मिक आस्थालाई सम्मान गर्न पर्दैन भन्ने हामी कसैको हैन,’ दाहालले भने ।

प्रधानमन्त्री ओलीले राज्यकोतर्फबाट पुरातात्विक अन्वेषण गर्न पहल नगरेर स्टन्ड दिने कोसिस मात्रै गरेको दाहालको आरोप छ । ‘मेरो चुनौती केपीजीलाई के छ भने उहाँ पुरातात्विक अन्वेषण गर्ने, प्रमाणित गर्ने र त्यसको निम्ति राज्यकोतर्फबाट पहल गर्नेमा उहाँले सिन्को भाँच्नु भएको छैन,’ दाहालले भने, ‘स्टन्ट दिने कोसिस गरेको मात्रै हाम्रो आपत्ति हो ।’

अदालत र निर्वाचन अयोगमा सेटिङ छ भनेर ओलीका मान्छेले भ्रम फिजाए पनि आफूहरुले सेटिङमा विश्वास नगर्ने उनको दाबी छ । संवैधानिक अंगले संविधान र कानुनबमोजिम नै फैसला गर्ने विश्वास आफूहरुको रहेको उनले बताए । ‘जसरी बजारमा आम रुपमा चर्चा चल्ने गरेको छ सेटिङ भन्ने । यो कुरा प्रधानमन्त्रीसँग सम्बन्धित मान्छेहरुले तलतलसम्म पुर्‍याएका छन् कि यो सेटिङमा गरिएको त्यसकारण हाम्रै अनुसार फैसला हुन्छ । सर्वोच्च र निर्वाचन आयोगले पनि हाम्रै अनुसार गर्छ भनेर व्यापक रुपमा प्रचार भएको छ । त्यस्तो हुन सक्दैन । सर्वोच्च अदालत र आयोग स्वतन्त्र ढंगले काम गर्न सक्छन् । हामीलाई सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति विश्वास छ । सेटिङमा विश्वास छैन,’ दाहालले भने ।

 

असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट घोषणा भएको निर्वाचन भइहाले त्यो पनि असंवैधानिक नै हुने उनले बताए । ‘अब त करिब करिब वैशाखमा चुनाव हुँदैन भन्ने पुष्टि भइसकेको छ । यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी कदमलाई सदर गरियो भने त्यसबेला देश निकै ठूलो राजनीतिक संकटमा जान्छ,’ दाहालले भने, ‘यदि प्रधानमन्त्रीको कदमलाई सदर गरियो भने राजनीतिक भूमरिमा देश पर्छ । हामी त्यस्तो नहोस् भन्ने चाहिरहेका छौं । हामी लोकतन्त्र, संविधान ट्रयाकमा गइराखोस् भन्ने नै हो ।’

ओलीले संविधान, लोकतन्त्रलाई डिरेल गर्न खोजेपनि त्यो सफल नहुने दाहालले बताए । ‘केपीजीले डिरेल गर्न खोज्नु भएको संघीय लोकतान्त्रिक गणतन्त्र ट्रयाकमा आउँछ भन्ने हामीलाई विश्वास छ,’ दाहालले भने ।

ओलीको प्रतिगामी कदमविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोसिस भएको दाहालले बताए । ‘अन्तर्राष्ट्रिय समर्थन जुटाउन हाम्रो अलग अलग कुरा भइराखेको छ । भारत, चीन, अमेरिका, युरोपियनसँग पनि कुरा भइराखेको छ । हामीले सार्वजनिक अपिल पनि गरेका छौं । नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रका पक्षमा नेपाली जनतलाई समर्थन चाहियो भनेर औपचारिक अपिल गरेका छौं,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै