होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवा संघका सदस्य श्रेष्ठको कुटपिटबाट हत्या
समाचार

युवा संघका सदस्य श्रेष्ठको कुटपिटबाट हत्या

  • नागरिक रैबार
युवा संघका सदस्य श्रेष्ठको कुटपिटबाट हत्या

राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी सदस्य राजन श्रेष्ठको कुटपिटबाट हत्या भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा गम्भीर घाइते अवस्थामा उनलाई भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले बताए।

प्रहरीको टोलीले श्रेष्ठलाई उपचारको लागि थिमीस्थित मध्यपुर अस्पतालमा पुयाएको थियो। उपचारको क्रममा रातिनै उनको मृत्यु भएको प्रहरीले बताएको छ। उनको शव हाल अस्पतालमा नै रहेको छ। ‘करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते खोलाको फलामे पुल काटे लगत्तै खाली जग्गामा अज्ञात व्यक्तिहरुले कुटपिट गरी भागेका रहेछन्। कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि हामीलाई खबर गरेका थिए।’ उनले भने। हत्या के कारणले भएको हो भन्ने अझै खुल्न नसकेको प्रहरी निरीक्षक जिसीले बताए। मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको र कुटपिटबाट तथा हतियार प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

विज्ञापन

महानगरीय प्रहरी वृत थिमीबाट प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ। हत्यामा सलंग्न भएको आशंकामा केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको उनले बताए।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २३ घन्टा अगाडि

भर्खरै