होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी
समाचार

माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

  • नागरिक रैबार
माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो ।

अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।

एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पारिने बताए ।
‘आज राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै …’ संसदीय दलको बैठकमा ओलीले भने, ‘हामी गम्भीर राजनीतिक लडाइमा छौँ ।’

विज्ञापन

अध्यक्ष ओलीले एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई मान्यता दिएर अर्को पार्टी गठन नै हुन नसक्ने दावी समेत गरे । ‘यसरी हाम्रो पार्टीका विरुद्धमा षडयन्त्र गरेको हुनाले र हाम्रो पार्टी फोडेको हुनाले सदन चल्ने स्थिति रहेन,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार