नागरिक रैबार/बाजुरा २४ असार।बाजुरामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका १६ जना कार्यकर्ता रिहा भएका छन । २० महिना अगाडी जिल्लाको गौमुल गाउँपालिकाबाट गिरप्तार भएका नेकपाका नेता तथा कार्यकर्ताहरु मंगलबार जिल्ला अदालतको आदेश पछि रिहा भएका हुन ।
बुधबार रिहा भएका १६ जना मध्य दुई जना भने पुन गिरप्तार गरी अछाम पुर्याएको नेकपा जिल्ला कमिटी सचिव भुपेन्द्र बिकले बताएका छन । रिहा भएका मध्य ११ जना पुरुष जिल्ला कारागार बाजुराबाट र ५ जना महिला जिल्ला कारागार अछामबाट रिहा भएको जिल्ला कमिटी सचिव बिकले बताएका छन । सर्बोच्च अदालतको आदेश पछि जिल्ला अदालत बाजुरा र अछामले पुरपक्षमा राखी अनुसन्धन गर्ने गरि उनिहरुलाई रिहा गरेको जनाएको छ ।
२० महिनापछि रिहाइ भएका विप्लवका कार्यक्रर्ताहरुले बुधबार सदरुमकाम मार्तडीमा बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोण सभाको आयोजना गरेको थियो । कोण सभामा विप्लव समूहका डवल शाह, चुणामणी ओली सचिव भुपेन्द्र विक लगायत कार्यकर्ताहरुले कोण सभालाई सम्बोधन गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु