होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कडा सुरक्षा घेराभित्र प्रधानमन्त्री ओली
समाचार

कडा सुरक्षा घेराभित्र प्रधानमन्त्री ओली

  • नागरिक रैबार
कडा सुरक्षा घेराभित्र प्रधानमन्त्री ओली

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी आइपुगेका हुन्।

यसैबीच धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री ओली सुरक्षा घेरामा रहेका छन्। धनगढीमा सुरक्षाका सबै अंगलाई तैनाथ गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रयाप्त संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको बताए।

विहानै गेटा विमानस्थल धनगढीमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ।

चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ।

प्रधानमन्त्री ओलीको बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएको थियो। तर प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको थियो। प्रधानमन्त्री ओली सवा १२ बजे धनगढी पुगेका हुन्। दिनेश खबरबाट  साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार