होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा प्रधानमन्त्रीको सुरक्षार्थ खटाइए ‘राजारानी’
समाचार

धनगढीमा प्रधानमन्त्रीको सुरक्षार्थ खटाइए ‘राजारानी’

  • नागरिक रैबार
धनगढीमा प्रधानमन्त्रीको सुरक्षार्थ खटाइए ‘राजारानी’

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो।

धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ।

नेकपा विभाजन भएपछि ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी आइरहेका छन्।

मौसममा देखिएको खराबीका कारण बिहान ८ बजेर १५ मिनेटको उडान प्रभावित भएपछि ओली काठमाडौँबाट उडेका छैनन्। मौसम खुल्ने बितिकै उडान हुने श्री एयरलाइन्सले जनाएको छ।

नेकपाले धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि जनसभा सुरु हुने जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार