होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवाको गृहजिल्लामा तोकियो अधिवेशनको मिति
समाचार

देउवाको गृहजिल्लामा तोकियो अधिवेशनको मिति

  • नागरिक रैबार
देउवाको गृहजिल्लामा तोकियो अधिवेशनको मिति

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापति कै गृह जिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची पठाएसँगै जिल्ला सभापतिलगातको बैठकले आगामी भदौ २५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

 

निर्वाचन समितिका संयोजक महादेव यादवले भदौ २१ गते डडेलधुराको क्रियाशील सदस्यहरुको सूची जिल्ला पठाइएको रातोपाटीलाई जानकारी दिए । यसपटक सूची भने सार्वजनिक गरिएन । क्रियाशील सदस्यसम्बन्धी विवादका कारण अझै पनि डडेलुधरासहित काँग्रेसका २१ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेको छ । बाँकी २० जिल्लाको पनि विवाद पनि चाँडै हल हुने यादवले आशा व्यक्त गरे । कृष्ण प्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सूची दिने बित्तिकै बाँकी जिल्लाहरुमा पनि अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार