होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघद्वारा गृह मन्त्रालयको विज्ञप्तिको विरोध
समाचार

पत्रकार महासंघद्वारा गृह मन्त्रालयको विज्ञप्तिको विरोध

  • नागरिक रैबार
पत्रकार महासंघद्वारा गृह मन्त्रालयको विज्ञप्तिको विरोध

गृह मन्त्रालयले जारी गरेको दुई विज्ञप्तिको नेपाल पत्रकार महासंघले विरोध गरेको छ । भदौ १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका सो विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासंघको ठहर छ ।

 

‘मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट छ । मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन

महासंघले सो विज्ञप्तिमा प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत देखिएकाले तत्काल सच्याउन समेत माग गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार