होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फैसलाले वास्तविक एकता गर्ने ढोका खोलेको छ : प्रदीप ज्ञवाली
समाचार

फैसलाले वास्तविक एकता गर्ने ढोका खोलेको छ : प्रदीप ज्ञवाली

  • नागरिक रैबार
फैसलाले वास्तविक एकता गर्ने ढोका खोलेको छ : प्रदीप ज्ञवाली

२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् ।

‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, ज्ञवालीले भने ।

 

विज्ञापन

आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा ऋषि कट्टेल नेतृत्वमा नेकपा दर्ता रहेकै अवस्थामा सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने फैसला सुनाएको छ । त्यससँगै सर्वोच्चले साविकको नेकपा एमाले र साविकको नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामै रहेको पनि बताएको छ ।

मन्त्री ज्ञवालीले एकताको ठोस् गन्तव्यमा पुग्ने ढोका खुलेको पनि बताए ।

‘हामीले जुन आधारमा एकता गरेका थियौं । जुन विचार, संरचनाका आधारमा एकता गरिएको थियो, त्यसले गन्तव्यमा लगेन । अब गन्तव्यमा पुग्ने आधारसहितको ठोस एकताको लागि ढोका खुलेको छ’, ज्ञवालीले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार