होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेसको आजको नीति : केपी ओली र प्रचण्ड–नेपाललाई नियाल्ने रणनीति
राजनीति

काँग्रेसको आजको नीति : केपी ओली र प्रचण्ड–नेपाललाई नियाल्ने रणनीति

  • नागरिक रैबार
काँग्रेसको आजको नीति : केपी ओली र प्रचण्ड–नेपाललाई नियाल्ने रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभामा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली र प्रचण्ड–माधव समूहको रणनीति नियाल्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरी १३ दिनभित्र अधिवेशन बोलाउन सर्वोच्च अदालतले दिएको परमादेश अनुसार आइतबार दिउँसो ४ बजे पहिलो बैठक बस्दै छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले काँग्रेस पर्ख र हेर अवस्थामा रहेको बताए । प्रमुख सचेतक खाणले आगामी नीतिबारे छलफलमै रहेको बताए ।

उनले भने, ‘आज सत्तारुढ दलका दुई समूह (केपी र प्रचण्ड–नेपाल) कसरी प्रस्तुत हुनुहुन्छ । त्यसलाई प्रतिपक्षी बेन्चबाट नियाल्छौँ । उहाँहरुको रणनीतिलाई मध्यनजर गरेर काँग्रेसले छिट्टै नीति बनाउँछ । मुलुकलाई बन्धक राख्ने पक्षमा नेपाली काँग्रेस छैन ।’

यस्तै काँग्रेसले संसदको उनीहरुको रणनीतिसँग सर्वोच्च अदालततिर पनि नजर लगाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज सुनाउँदै छ । नेकपा अध्यक्ष ऋषि कट्टेलले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएर आज निर्णय सुनुवाई हुन लागेको होे । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आज निर्णय सुनाउनेछ ।

विज्ञापन

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।
सर्वोच्च अदालतको फैसलाले नेकपा के हुन्छ र निर्वाचन आयोगले नेकपा कुन पक्षलाई आधिकारिकता दिन्छ भन्ने विषयलाई पनि नजिकबाट नियालिरहेको छ ।
संसद विघटनपछि नेकपामा आएको राजनीति विभाजनलाई निर्वाचन आयोगले कानुनी मान्यता दिन सकेको छैन । अदालत र आयोग निर्णयलाई काँग्रेसले नजिकबाट हेरिरहेको काँग्रेस सांसद प्रकाश रसाइलीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २३ घन्टा अगाडि