डडेल्धुरा: डडेल्धुराको भित्रिमधेसमा पर्ने चुरेका गाउँमा खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन्। खानेपानी पुगेसँगै १ किलोमिटर टाढाबाट पिठ्युमा बोकेको पानी खानुपर्ने बाध्यताको अन्त्य भएको छ।
करिब ४ किलोमिटर टाढा रहेको शिर्ष क्षेत्रबाट पाइपद्वारा परशुराम नगरपालिका–३ को चुरेमा रहेका कालापात्थर, कालढुङ्गी, आमथला र सिमल्टा गाउँमा खानेपानी पुगाइएको छ।
करिब ढाई करोडमा सम्पन्न भएको कालापात्थर कालढुङ्गी आमथला सिमल्टा खानेपानी योजनाबाट १ सय १५ घरधुरी लाभान्वित भएका छन्।
खानेपानी योजनाको अहिले ८० प्रतिशत काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ। २ वर्ष पहिलेदेखि सुरु भएको योजनाको काम आउँदो फागुनमा सकिने डिभिजन कार्यालय प्रमुख गोविन्द प्रशाद देवकोटाले बताए। दिनेशखबरबाट
फेसबुक प्रतिक्रियाहरु