होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु
समाचार

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

  • नागरिक रैबार
भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

सुर्खेत । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । उनका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार